

राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
काठमाडौं । आठौँ राष्ट्रिय महिला अधिकार दिवस २०८३ को अवसरमा प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना कार्कीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूमा शुभकामना व्यक्त गर्दै महिला अधिकार, समानता र सशक्तीकरणका पक्षमा सङ्घको प्रतिबद्धता दोहोर्याएकी छन्।
शुभकामना सन्देश जारी गर्दै अध्यक्ष कार्कीले नेपालमा महिला अधिकारका लागि भएका ऐतिहासिक संघर्षहरूको स्मरण गर्दै जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको उल्लेख गरिन्। उनले यस दिवसले महिलामाथिका सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गरी न्यायपूर्ण तथा समतामूलक समाज निर्माणतर्फ अग्रसर हुन थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
कार्कीले नेपाल प्रहरी परिवारसँग आबद्ध महिलाहरूको कल्याण, क्षमता अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा प्रहरी श्रीमती सङ्घ निरन्तर सक्रिय रहेको बताइन्। साथै आगामी दिनमा पनि महिलाको हकअधिकार संरक्षण, कानुनी सचेतना अभिवृद्धि तथा आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाइन्।
उनले सम्पूर्ण महिला दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा निरन्तर प्रगतिको कामना गर्दै राष्ट्र निर्माण र समाज रूपान्तरणमा महिलाहरूको अर्थपूर्ण सहभागिता अझ प्रभावकारी र सुदृढ बन्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गरेकी छन्।
राष्ट्रिय महिला अधिकार दिवस हरेक वर्ष जेठ १६ गते महिला अधिकार, लैङ्गिक समानता तथा सशक्तीकरणका उपलब्धिहरूको स्मरण गर्दै विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ।
समाज
थप सामाग्री-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
१ दिन अगाडि
1.4kViews 147 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा…



