डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न

मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा एक दिवसीय अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डिएसपी कोपिला चुडाल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रम अन्तर्गत “प्रचलित कानुन तथा कानुनी शासन” विषयमा एक दिवसीय अनुशिक्षण समेत प्रदान गरिएको थियो। अनुशिक्षणमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइहरूमा कार्यरत ५० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई कानुनी ज्ञान, कार्यक्षमता अभिवृद्धि तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
Shares