आज जेठ १५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

मेष- व्यापार व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ । आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ । अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ ।

वृष- लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ । शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ । विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन् ।

मिथुन- निकटवर्ती व्यक्ति वा आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ । व्यवसायमा समय दिन नसक्दा आम्दानीमा कमी हुन सक्छ। पारिवारिक वातावरणमा मतभेद बढ्न सक्ने भएकाले संयमित व्यवहार आवश्यक छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो ।

कर्कट- प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हासिल गर्ने योग छ । न्यून लगानीबाट सन्तोषजनक लाभ प्राप्त हुने सम्भावना छ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । शैक्षिक क्षेत्रमा पनि राम्रो उपलब्धि देखिनेछ ।

सिंह- विवाद वा प्रतिस्पर्धामा सफलता पाउन कठिन हुनेछ । व्यवसायमा गरिएको प्रयास अनुसार प्रतिफल पाउन कठिनाइ हुन सक्छ । शैक्षिक लक्ष्यमा पुग्न बढी समय र मिहिनेत आवश्यक हुनेछ । सामान्य स्वास्थ्य समस्याले दिनचर्यामा प्रभाव पार्न सक्छ ।

कन्या- विविध अवसर प्राप्त हुने समय छ, जसको सही उपयोगबाट आम्दानीमा वृद्धि सम्भव छ । शैक्षिक क्षेत्रमा लक्ष्य अनुकूल प्रगति हुनेछ । छोटो यात्राको सम्भावना रहेको छ, जसले मानसिक सन्तुलनमा सकारात्मक प्रभाव पार्नेछ । वैवाहिक सम्बन्धमा विश्वासको वातावरण थप सुदृढ हुनेछ ।

तुला- पदोन्नति, पुरस्कार वा जिम्मेवारी वृद्धि हुने योग छ । व्यवसायमा नयाँ विस्तारको सम्भावना देखिन्छ । कृषि तथा पशुपालन क्षेत्रसमेत लाभदायक रहनेछ । पारिवारिक तथा प्रेम सम्बन्धमा पनि सकारात्मक ऊर्जा देखिन्छ ।

वृश्चिक- राजकीय वा प्रशासनिक पक्षबाट अनावश्यक झमेला निम्तिन सक्छ । स्वास्थ्यमा कमजोरी आउने सम्भावना भएकाले सचेत रहनु उचित हुनेछ । प्रतिष्ठामा कमी आउन सक्नेछ । शैक्षिक र व्यवसायिक क्षेत्र अपेक्षाकृत कमजोर देखिन्छ ।

धनु- शैक्षिक क्षेत्रमा कमजोरी अनुभव हुन सक्छ । काममा ढिला सुस्ती हुने सम्भावना छ, जसले आर्थिक पक्षलाई प्रभावित पार्न सक्छ । व्यवसायमा लगानीको अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ । पारिवारिक सम्बन्धमा अविश्वासको वातावरण देखा पर्न सक्छ ।

मकर- स्वास्थ्य सन्तोषजनक रहनेछ । आम्दानीका नयाँ स्रोतहरू सक्रिय हुनेछन् । सामाजिक कार्यमा संलग्न भई सम्मान प्राप्त गर्न सकिनेछ । परिवारमा सुखद् समाचारले हर्षको वातावरण बनाउनेछ । सवारी साधन प्राप्त हुने तथा छोटो यात्राको सम्भावना छ ।

कुम्भ- समय र परिस्थितिले साथ दिने भएकाले महत्वाकांक्षी योजनाहरू सफल हुनेछन् । लामो दूरीको धार्मिक वा शैक्षिक यात्राको सम्भावना छ। व्यवसायमा आफन्त तथा साथीहरूको सहयोग प्राप्त हुनेछ । समग्रमा सकारात्मक उर्जा रहनेछ ।

मीन- व्यापारमा अपेक्षा अनुसार लाभ लिन समय लाग्न सक्छ । दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा विवाद उत्पन्न हुन सक्छ । अध्ययनमा प्रतिस्पर्धा गर्न कठिनाइ हुन सक्छ । धैर्य र संयम अपनाउनु आवश्यक देखिन्छ ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
२१ घण्टा अगाडि

1.6kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
160 Shares