

आज चैत १२ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
मेष- शरिरमा उत्साह र उमङ्ग रहनेछ। स्वास्थ्य सबल रहनेछ र काममा फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित हुनेछ। तर, आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ।
वृष- सामाजिक क्षेत्रमा नेतृत्व हात लाग्नेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। भूमि तथा पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउन सक्छ, अध्ययनमा ध्यान दिन गाह्रो हुन सक्छ।
मिथुन- आर्थिक पक्ष सुदृढ बन्नेछ। न्यायिक, कानुनी वा प्रतिस्पर्धात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पन्न हुन सक्छ।
कर्कट- हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा प्रगति हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायमा फाइदा हुनेछ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्नेछ ।
सिंह- टाढाको वा दुर्गम स्थानतर्फ यात्रा सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ। बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखार आउनेछ। आफन्तसँग दूरी बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ प्राप्त हुनेछ।
कन्या- दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमजोरी सुधार गर्ने अवसर पाइनेछ । आम्दानीमा बाधा पुर्याउनेहरू सक्रिय हुन सक्छन्। श्रमको उचित मूल्य नपाइने र अपेक्षाभन्दा कम फाइदा हुने देखिन्छ।
तुला- कल्पना र भावनामा केन्द्रित हुने समय छ। बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले वाणीमा संयम राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ, तर बचत हुन गाह्रो हुन सक्छ। ऋण वा सर सापटमा खर्च बढ्ने सम्भावना छ।
वृश्चिक- बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । विविध लाभ प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्ने र दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक तथा मंगलमय कार्य सम्पन्न हुने सम्भावना छ ।
धनु- पशुपालन तथा कृषिबाट राम्रो लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ। विगतको सफलताले थप हौसला दिनेछ । व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । समाजहितका कामको थालनी गर्न सकिनेछ।
मकर- मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक व्यक्तिहरूलाई आकर्षित गर्ने काम सम्पन्न हुनेछ। काममा आलस्य आउने र खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । अवसर आएपनि लाभ लिन गाह्रो हुन सक्छ। ठूलो प्रयासपछि सामान्य फाइदा प्राप्त हुनेछ।
कुम्भ- जटिल काम सम्पन्न हुँदा पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष लाभ हुनेछ । अध्ययनमा प्रगति हुनेछ र सोचेका काम सम्पन्न हुनेछन् । विगतका कमजोरी सुधार गर्ने अवसर पाइनेछ । आफ्नै कमजोरीले विवादमा पर्न सकिने भएकाले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर देखिन सकिन्छ।
मीन- ठूला बडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । आकर्षक पहिरनले व्यक्तित्व निखार्नेछ र नयाँ काम गर्ने अवसर मिल्नेछ । रमाइलो जमघटमा सहभागी हुने मौका मिल्नेछ। गरेका कामबाट अरूलाई पनि फाइदा पुग्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१७ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



