प्रधानमन्त्री बन्दै गरेका बालेन शाहको सुरक्षामा कडा व्यवस्था, पीएसओमा डीएसपी दिपेश बस्याल नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री बन्न लागेका (बालेन शाह) को प्रमुख सुरक्षा अधिकृत (पीएसओ) मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन्।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न अघि बढिरहेका शाहको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रहरी प्रधान कार्यालयले डीएसपी बस्याललाई उक्त जिम्मेवारी दिएको हो। स्रोतका अनुसार बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अनुभवी अधिकृतलाई पीएसओमा खटाइएको हो।

शाहले आज मध्याह्न १२ बजेर ३४ मिनेटमा राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। नयाँ सरकार गठनसँगै उनको व्यक्तिगत तथा आवासीय सुरक्षामा समेत कडाइ गरिने बताइएको छ।

बालेन शाहको उदयसँगै नेपाली राजनीतिमा नयाँ ऊर्जा र अपेक्षाको माहोल सिर्जना भएको छ। यस्तो अवस्थामा उनको सुरक्षालाई थप सुदृढ बनाउने कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नवनियुक्त पीएसओ डीएसपी बस्यालले अब प्रधानमन्त्रीको दैनिक गतिविधि, आवागमन तथा सार्वजनिक उपस्थितिमा सुरक्षा व्यवस्थापनको नेतृत्व गर्नेछन्।

Facebook Comments Box
TOP
463 Shares