

दाउन्ने दुर्घटना : तीन जनाको मृत्यु, १५ जना घाइते
नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेका बस र पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो।
जिल्ला प्रहरीका अनुसार दुर्घटनामा परी रोल्पा बागमारा निवासी करिब २५ वर्षीय गोविन बुढासहित दुई अज्ञात पुरुषको मृत्यु भएको हो। सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेल का अनुसार अन्य दुई मृतकको पहिचान खुल्न बाँकी रहेको छ।
घाइते १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



