

बालेन शाहको सल्लाहकार टिममा नयाँ अनुहार, कुमार बेन र असीम शाह नियुक्त
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख तथा हाल प्रधानमन्त्री बालेन शाहले आफ्नो सल्लाहकार टिमलाई नयाँ अनुहारसहित सुदृढ पारेका छन्। उनले कुमार बेन (कुमार व्यञ्जनकार) लाई प्रमुख सल्लाहकार र असीम शाहलाई राजनीतिक सल्लाहकारको रूपमा नियुक्त गरेका छन्।
सूत्रका अनुसार, बालेन शाह र सञ्चार क्षेत्रका प्रख्यात व्यक्तित्व रवि लामिछानेबीचको सहकार्यको ढाँचा यस टिम निर्माणमा देखिएको हो। यो सहकार्यमा रणनीतिक छलफलहरू मुख्यतया कुमार बेनको ललितपुरस्थित निवास र असीम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा सम्पन्न भएका थिए।
कुमार बेनलाई विशेषगरी युवाहरुलाई एकढिक्का बनाउने रणनीतिमा दक्ष मानिन्छ। उनी पर्दा पछाडि सक्रिय रहँदै पनि निर्णायक भूमिका खेल्ने ‘किङ्ग मेकर’का रूपमा परिचित छन्। सार्वजनिक भूमिकामा उनी बढी देखिँदैनन्, तर रणनीतिक निर्णयमा उनको प्रभाव अत्यन्तै महत्वपूर्ण रहन्छ।
यस नियुक्तिसँगै बालेन शाहको टिम अब अझ व्यवस्थित र रणनीतिक रूपमा सशक्त हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



