

दक्ष र सक्षम जनशक्ति निर्माणमा केन्द्रित नेपाल प्रहरीको नयाँ तालिम क्यालेण्डर
काठमाडौं । दान कार्की को प्रमुख आतिथ्यतामा “नेपाल प्रहरीको चालु आ.व. २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी” सम्पन्न भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आईजीपी कार्कीले प्रस्तावित तालिम क्यालेण्डर वैज्ञानिक आधारमा तयार गरिएको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले प्रशिक्षण आवश्यकता मूल्यांकन (TNA) बाट प्राप्त तथ्यांकको विश्लेषण, संगठनको आवश्यकता, प्रहरी कर्मचारीको वृत्ति विकास, प्रशिक्षण केन्द्रहरूको क्षमता र जनशक्ति तथा तालिमको औचित्यलाई आधार मानेर कार्यक्रम तयार गरिएको बताउनुभयो।
आईजीपी कार्कीले प्रस्तावित तालिम कार्यक्रमले संगठनको लक्ष्य हासिल गर्न सक्षम, दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, प्रशिक्षण केन्द्रहरूलाई तालिमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन र बदलिँदो चुनौती सामना गर्न सक्ने जनशक्ति विकासमा केन्द्रित हुन निर्देशन दिनुभयो।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक शिद्धी बिक्रम शाह ले धन्यवाद मन्तव्य व्यक्त गर्दै सम्पूर्ण तालिम प्रदायक निकायहरूको तर्फबाट प्रतिबद्धता जनाउनुभयो। उहाँले वार्षिक तालिम क्यालेण्डरअनुसार प्रशिक्षण कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने, समान प्रकृतिका तालिमहरूको प्रक्रिया र गुणस्तरमा एकरूपता कायम गरिने तथा प्रशिक्षण केन्द्रहरूबीच असल अभ्यासहरूको आदानप्रदानलाई थप सुदृढ बनाइने बताउनुभयो।
उहाँले प्रहरी महानिरीक्षकबाट प्राप्त निर्देशनहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै प्रशिक्षण प्रणालीलाई अझ प्रभावकारी, समन्वित र परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



