

बुटवलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन : महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि प्रहरीको नयाँ पहल
बुटवल । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र सेवामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यसहित बुटवलमा अत्याधुनिक सेवा केन्द्र भवन सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले एक विशेष समारोहबीच गरेका हुन्। बेलायत सरकारको सहयोगमा SJP कार्यक्रम अन्तर्गत UNOPS द्वारा निर्माण गरिएको उक्त भवनले समुदायमै केन्द्रित प्रहरी सेवाको अवधारणालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै आइजीपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील वर्गलाई सुरक्षित र सहज वातावरणमा सेवा प्रदान गर्नु प्रहरीको प्राथमिक जिम्मेवारी भएको बताए। उनले नयाँ भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, गोपनीय र पीडितमैत्री बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्री, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, प्रशासनिक प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पूर्व प्रहरी कर्मचारी, सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवनिर्मित केन्द्रमा पीडितमैत्री कक्ष, परामर्श सेवा, गोप्य बयान कक्ष लगायतका आधुनिक सुविधा समावेश गरिएको छ। यसले हिंसा तथा दुव्र्यवहारका घटनामा परेका महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित वातावरणमा न्यायिक सहयोग प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
स्थानीय सरोकारवालाहरूले यस कदमलाई समुदाय–प्रहरी सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण पहलका रूपमा लिएका छन्।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



