चाँगाथलीको ‘ग्रिन सिटी भिल्ला’मा जुवाखाल : २१ जुवाडे पक्राउ, ९ लाख बढी नगद बरामद

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित ‘ग्रिन सिटी भिल्ला’मा सञ्चालन भइरहेको जुवाखालमा प्रहरीले छापा मारेर २१ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको उक्त भिल्लामा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई गएराति नियन्त्रणमा लिइएको हो।

प्रहरीले जुवाखालबाट नगद ९ लाख ७ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार भिल्लाको दोस्रो तला बुक गरेर मोहन कृष्ण शाहीले जुवा खेलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
168 Shares