

२७ दिनपछि इनिशा विकको शव बुझिँदै, अदालत आदेशपछि परिवार सहमत
काठमाडौं । सुर्खेतकी किशोरी इनिशा विकको शव २७ दिनपछि अन्ततः आफन्तले बुझ्ने भएका छन्। न्यायिक प्रक्रिया अघि नबढेसम्म शव नबुझ्ने अडान लिएका परिवारले पछिल्लो अदालत आदेशपछि शव बुझ्न सहमति जनाएको हो।
गत फागुन २३ गते बिहान ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिशा वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले तत्काल उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
मृतकलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंकामा परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो। घटनालगत्तै प्रहरीले एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो भने थप अनुसन्धानका क्रममा अन्य तीन जनालाई पनि पक्राउ गरिएको थियो।
प्रारम्भिक अनुसन्धानमै घटना शंकास्पद देखिएपछि प्रहरीले बलात्कारपछि हत्या भएको कोणबाट अनुसन्धान अघि बढाएको थियो। यसैबीच जिल्ला अदालत सुर्खेतले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको छ।
अदालतबाट मुद्दासम्बन्धी आदेश आएसँगै परिवार शव बुझ्न तयार भएको हो। परिवार स्रोतका अनुसार बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
यस घटनाले सुर्खेतसहित देशभर नै गम्भीर चिन्ता र आक्रोश उत्पन्न गराएको छ। पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग दोहोर्याएका छन्।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१५ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



