

कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेद्वारा इलाका प्रहरी कार्यालय धरान निरीक्षण
धरान, सुनसरी – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरे ले चैत १९ गते इलाका प्रहरी कार्यालय धरानको निरीक्षण तथा अनुगमन गर्नु भएको छ।
निरीक्षणको क्रममा डिआईजी घिमिरेले कार्यालयका सबै शाखाहरु, हिरासत कक्ष, र कार्यरत प्रहरी कर्मचारीको व्यवस्थापनको प्रत्यक्ष अवलोकन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको थियो।
निर्देशनका क्रममा वहाँले नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर राख्दै, प्रविधि मैत्री र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न कर्मचारीहरुलाई जोड दिनु भयो। साथै, सेवा छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन सबै प्रहरी कर्मचारीले अनुशासित र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा विशेष जोड दिनु भएको थियो।
डिआईजी घिमिरेको यो निरीक्षणले धरान प्रहरी कार्यालयमा सेवाको गुणस्तर सुधार र नागरिक विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
‘म आइजीपीको मान्छे हुँ’ भन्दै ठगी गर्नेहरू मेरा होइनन् : आईजीपी दानबहादुर कार्की
-
बलात्कार आरोपपछि कलाकार सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासित
-
कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेद्वारा इलाका प्रहरी कार्यालय धरान निरीक्षण
-
आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप
सरकारी विज्ञापन ‘ब्ल्याकआउट’: प्रेसमाथि आर्थिक नाकाबन्दीको खतरनाक संकेत
२० घण्टा अगाडि
2.7kViews 348 Shares Share on Facebook Share on Twitter सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णय गरेर केवल एउटा प्रशासनिक…



