

हनी ट्र्याप काण्डमा नयाँ मोड: कांग्रेस नेतृ खतिवडा पनि अनुसन्धानको घेरामा
काठमाडौं । टिकटकर तुलसा अधिकारीसँग जोडिएको बहुचर्चित ‘हनी ट्र्याप’ प्रकरणमा नयाँ राजनीतिक आयाम थपिएको छ। आर्थिक लेनदेनको आशंकापछि नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य लक्ष्मी खतिवडा पनि अनुसन्धानको घेरामा तानिएकी छन्।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले दायर गरेको अभियोगपत्रमा खतिवडासँग सम्बन्धित शंकास्पद आर्थिक गतिविधि उल्लेख गरिएको छ। अनुसन्धानका क्रममा तुलसा अधिकारीमार्फत नेलिका लामिछानेको खातामा रकम सारेर पुनः खतिवडासम्म करिब १० लाख रुपैयाँ पुगेको देखिएको छ। विभिन्न माध्यमबाट जम्मा ९ लाख ८७ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको विवरणमा उल्लेख छ।
यो प्रकरणमा ‘हनी ट्र्याप’ प्रयोग गरी अटोमोबाइल व्यवसायी कुमार चिमोरियाबाट ६ करोडभन्दा बढी रकम असुलेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। अभियोगपत्रअनुसार तुलसा अधिकारीले चिमोरियासँग २०७५ सालमा चिनजान बढाएर सम्बन्ध स्थापना गरेकी थिइन्। त्यसपछि सोही सम्बन्धलाई आधार बनाएर ‘बलात्कार मुद्दा हालिदिने’ धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेलिङ गरेको आरोप छ।
पीडित व्यवसायीले सामाजिक प्रतिष्ठा जोगाउन पटक–पटक गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद, जिन्सी तथा सम्पत्ति बुझाउन बाध्य भएको जाहेरीमा उल्लेख गरिएको छ। पछि थप विभिन्न शीर्षकमा रकम असुली गर्दै कुल बिगो ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ५४ पैसा पुगेको दाबी गरिएको छ।
अनुसन्धानले गिरोहको गतिविधि थप गहिरो रूपमा उजागर गरेको छ। सातदोबाटो र इमाडोलमा पटक–पटक लाखौं रुपैयाँ लिएको, गहना पसल खोल्न २५ लाख तिराएको तथा कुमारीपाटीस्थित ‘तुल्सा कलेक्सन प्रालि’ का लागि सजावट र भाडा शीर्षकमा करिब १५ लाख ९० हजार रुपैयाँ खर्च गराएको विवरणसमेत सार्वजनिक भएको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरणतर्फको बिगो रकम भने २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा कायम गरिएको छ। तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।
प्रकरणमा संलग्नमध्ये नेलिका लामिछाने पक्राउपछि साधारण जमानतमा छुटिसकेकी छन् भने अन्य आरोपितहरू—मुकेश कुमार धानुका, दिलकुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, प्रयास पोखरेल (कानो मामा), गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि र एक फरार प्रतिवादी—माथि पनि कारबाहीको माग गरिएको छ।
यो घटनाले ‘हनी ट्र्याप’मार्फत हुने संगठित ठगी र त्यससँग जोडिएका सम्भावित राजनीतिक तथा आर्थिक सञ्जालबारे गम्भीर प्रश्न उठाएको छ। अनुसन्धान अघि बढ्दै जाँदा थप प्रभावशाली व्यक्तिहरूको नाम सार्वजनिक हुने संकेत देखिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



