३६ वर्षसम्म सुरक्षाकर्मीलाई ‘हत्कडी’—गृहमन्त्री सुधन गुरुङको टिप्पणीपछि बहस

काठमाडौं । सुधन गुरुङ ले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको भन्दै टिप्पणी गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

गृहमन्त्री गुरुङले लेखेका छन्, “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।” उनको यो अभिव्यक्ति पछिल्लो समय देशभर प्रहरीद्वारा सञ्चालन भइरहेको अपरेसनतर्फ संकेत गरिएको मानिएको छ। हाल नेपाल प्रहरी ले बिचौलिया, गुण्डागर्दीमा संलग्न व्यक्तिहरू तथा विभिन्न भ्रष्टाचार काण्डमा जोडिएका आरोपितहरूलाई धमाधम पक्राउ गरिरहेको छ।

यसै सन्दर्भमा गृहमन्त्रीको उक्त टिप्पणी आएको बुझिएको छ। उनले अप्रत्यक्ष रूपमा विगत लामो समयसम्म सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको संकेत गरेको विश्लेषण गरिएको छ।

यद्यपि, सामाजिक सञ्जालमा उनको भनाइलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपय प्रयोगकर्ताले “कसले र किन सुरक्षाकर्मीलाई हत्कडी लगायो?” भन्ने प्रश्न उठाएका छन् भने केहीले यसलाई वर्तमान सरकारी सक्रियताको समर्थनका रूपमा लिएका छन्।

गृहमन्त्री गुरुङको यस अभिव्यक्तिले सुरक्षा निकायको भूमिकाबारे नयाँ बहस सिर्जना गरेको छ।

Facebook Comments Box
TOP
160 Shares