कास्की मिजुरे डाँडामा बिहान ८ः३४ बजे भूकम्पको धक्का

काठमाडौँ – कास्कीको मिजुरे डाँडा क्षेत्र केन्द्रबिन्दु बनाएर आज बिहान ८ः३४ बजे भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यस भूकम्पको म्याग्निच्युड ३.५ रहेको छ। भूकम्पको प्रभाव आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
हालसम्म कुनै मानविय क्षति वा पूर्वाधारमा ठुलो नोक्सानी भएको विवरण प्राप्त भएको छैन। विशेषज्ञहरूले सामान्यतः ३.५ म्याग्निच्युडको भूकम्प हल्का हुने भएकाले सतर्क रहन सल्लाह दिएका छन्।
भूकम्पपछि स्थानिय प्रशासन र आपतकालीन निकायहरूले निगरानी जारी राखेका छन् र आवश्यक परे जनतालाई सुरक्षा निर्देशन दिने तयारीमा छन्।

Facebook Comments Box
TOP
345 Shares