गुण्डागर्दी आरोपमा पक्राउ परेका वकिल बमलाई रिहा गर्न एमाले सचिव बस्नेतको माग

काठमाडौं । नेकपा एमालेका सचिव ले गुण्डागर्दीको आरोपमा पक्राउ परेका युवा संघका सचिवालय सदस्य लाई अविलम्ब रिहा गर्न माग गरेका छन्।

बमलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले बमलाई बिना कारण र बिना प्रमाण पक्राउ गरिएको दाबी गरेका छन्। उनले यस प्रकारको कार्य कानूनी शासनविपरीत हुनुका साथै नागरिक स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख गरेका छन्।

बस्नेतका अनुसार शुक्रबार राति करिब १० बजे सादा पोशाकमा आएका ४–५ जना प्रहरीले “केही समयका लागि” भन्दै बमलाई नियन्त्रणमा लिई कालिमाटी प्रहरी वृत्तमा राखेका थिए। उनले उक्त घटनामा कुनै झैझगडा, उजुरी वा पुरानो मुद्दा नरहेको जिकिर गर्दै व्यवसायी भएकै कारण ठमेल क्षेत्रमा ‘गुण्डागर्दी’को आरोप लगाइएको बताएका छन्।

उनले यस्तो कार्यशैलीले राजनीतिक उद्देश्यको संकेत गर्ने भन्दै तत्काल अन्त्य गरी बमलाई रिहा गर्न माग गरेका छन्।

यता, प्रहरीका अनुसार ले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्ने क्रममा बमसहित १३ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये बम पनि रहेका छन्।

कालिकोटको पलाता गाउँपालिकाका स्थायी बासिन्दा बम पछिल्लो समय ठमेल क्षेत्रमा सक्रिय रहँदै आएका थिए।

Facebook Comments Box
TOP
400 Shares