

भक्तपुरमा स्वीप अपरेसन तीव्र: दुई दिनमा ९० जना पक्राउ
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गर्दै आएको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत आइतबार मात्रै ३० जना विभिन्न स्थानबाट पक्राउ परेका छन्।
प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काका अनुसार शनिबार ६० जना र आइतबार थप ३० जना गरी दुई दिनमै ९० जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबैलाई हाल हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
प्रहरीले सार्वजनिक शान्ति तथा सुरक्षा भंग गर्ने, शङ्कास्पद गतिविधिमा संलग्न हुने, लागूपदार्थ सेवन गर्ने तथा समूहमा भेला भएर होहल्ला र अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई लक्षित गरी अपरेसन सञ्चालन गरेको जनाएको छ।
प्रमुख खड्काले विभिन्न घटनामा संलग्न रहेको आशंकाका आधारमा समेत व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै जिल्लाभर सुरक्षा अवस्था सुदृढ बनाउन स्वीप अपरेसनलाई निरन्तरता दिइने बताए।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



