

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीमाथि हर्क साम्पाङको प्रश्न, सत्य सार्वजनिक गर्न आग्रह
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद ले क्षेत्रको जग्गा प्रकरणलाई लिएर गृहमन्त्री माथि गम्भीर प्रश्न उठाएका छन्।
साम्पाङले सामाजिक सञ्जाल मार्फत लामो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङको नाममा फेवाताल क्षेत्रमा २० रोपनी जग्गा रहेको भन्ने चर्चाले आफूलाई “नमज्जा” लागेको बताएका छन्। उनले उक्त विषयमा यथार्थ स्पष्ट पार्न गृहमन्त्रीलाई तत्काल पत्रकार सम्मेलन गर्न आग्रह गरेका छन्।
यो प्रकरणलाई नैतिकताको सवालका रूपमा उठाउँदै साम्पाङले गृहमन्त्रीले स्पष्ट जवाफ नदिए जनतामा अविश्वास बढ्ने चेतावनी दिएका छन्। उनले आफू प्रतिपक्षी दलको नेताको हैसियतले गृहमन्त्रीमाथि प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको स्पष्ट पार्दै आफ्ना जिज्ञासा व्यक्तिगत नभई कानुनी र व्यावसायिक रहेको उल्लेख गरेका छन्।
साम्पाङका अनुसार सामाजिक सञ्जालमा फेवाताल जग्गा प्रकरणबारे चर्चा तीव्र बन्दै गइरहेको छ, जसले सार्वजनिक चासो र जिज्ञासा अझ बढाएको छ। “सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ, खास कुरा के हो—पत्रकार सम्मेलन राखिहाल्नुस्,” उनले लेखेका छन्।
यसैबीच, साम्पाङले जेनजी आन्दोलनको चैत २३ गते भएको घटनाका दोषीहरूलाई पक्राउ गरिएको विषयमा गृहमन्त्री गुरुङको प्रशंसा पनि गरेका छन्। गलत कार्यमा संलग्न व्यक्तिहरूको सूची तयार गरी कारबाही अघि बढाएको भन्दै उनले उक्त कदमलाई अझ प्रभावकारी बनाउन शुभकामना दिएका छन्।
साम्पाङले अन्त्यमा गृहमन्त्री गुरुङले छिट्टै सत्य सार्वजनिक गर्ने विश्वास व्यक्त गर्दै, भविष्यमा त्यसका लागि खुलेर प्रशंसा गर्ने दिन आउने आशा समेत व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



