

सरकारले आयात रोके पनि कुर्कूरे र लेज बजारमा छ्याप्छ्याप्ती, राजस्व गायव दोषी को ?
काठमाडौं असोज २२ । विदेशी मुद्राको अभाव देखाउँदै सरकारले विदेशबाट आयात गरिने केही बिलासिताका बस्तुको आयातमा प्रतिवन्ध लगाउने नाममा कुर्कुरे र लेजको आयात रोकेको जनाए पनि बजारमा भने भारतीय उत्पादन कुर्कूरे र लेज छ्याप्छ्याप्ती पाइने गरेको छ । यसरी आधिकारीक रुपमा सरकारले आयातमा रोक लगाएको अवस्थामा पनि चोरी निकाशी हुँदै देशका प्रमुख शहरबजारका प्रत्येक पसलमा कुर्कूरे र लेज भेटीनुले एकातिर सरकारको कमजोरी त देखिन्छ नै अर्काेतिर विदेशी मालबस्तु भित्रँदा प्राप्त हुने राजस्व समेत गुम्न पुगेको अवस्था छ ।
केही व्यापारीको चाहानामा नेपाल राष्ट्र् बैंक, अर्थमन्त्रालयको समेत सिफारिसमा आपूर्ति मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनका साथै सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि), जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र तास आयात गर्न असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो भने त्यसपछि साउन १ गतेदेखि फेरि प्रतिवन्धलाई निरन्तरता दिएको अवस्था छ ।
पूर्ववर्ती केपी वली सरकारका राज्यमन्त्री समेत रहेका मारवाडी व्यवसायी मोती दुगडको चलखेलका बच्चाबच्चीको मनपर्दाे र सस्तो खाजा कुर्कूरे र लेजमाथि आयातमा प्रतिवन्ध लगाएर स्वास्थ्यका लागि हानिकारक ठानिएका गुट्खा, सुर्तीजन्य पानमसलाको आयातमा मात्र सहज गरिएको छैन, ब्रिटनीया विस्कुट, क्याडवरी, डेरि मिल्क, किटक्याटजस्ता चकलेट, हल्दीरामका विभिन्न उत्पादन समेत सहज आयात भइरहेको छ । बच्चाबच्चीकै रोजाईकै विषय मानिए पनि चकलेट बिलासिताकै बस्तुमा पर्छ भने विदेशबाट आयात गरिने ब्रिटानिया बिस्कुट उच्च घरानीयाको खाजाबस्तु हो । यो पनि बिलासिताकै बस्तुमा पर्न जान्छ । स्रोतका अनुसार ३ सय असी करोड लागतको बिस्कुट र ३ सय करोड हाराहारीकै लगानीको चकलेट आयात गरिदैछ ।बजारमा भेटीएको कुर्कुरे र लेजको उत्पादन मिति हालसालैको हुनुले यस्ता मालबस्तु विगतमै स्टक गरिराखिएको नभएर चोरी निकासी निरन्तर भइरहेको देखिन्छ । त्यसैले पनि सरकारले आयातमा रोक लगाइएका भनिएका यस्ताखाले अन्य बस्तुको पनि आयातमा खुकुलो तुल्याएर राजस्व प्राप्त गर्ने बाटोतिर लाग्नु नै बुद्धिमत्ता देखिन्छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



