

कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा पुनः सहजता
काठमाडौं । कानुन व्यवसायीलाई नेपाल बार एसोसिएसनले जारी गरेको परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न दिने व्यवस्था पुनः लागू गरिएको छ।
सिंहदरबार प्रवेशमा हालै कडाइ गरिएपछि नेपाल बार एसोसिएसनले प्रधानमन्त्री लाई पत्र लेख्दै ध्यानाकर्षण गराएको थियो। त्यसपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो।
नेपाल बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार सिंहदरबारको सुरक्षा व्यवस्थापन हेर्ने प्रहरी प्रमुखबाट शुक्रबारदेखि पुरानै व्यवस्थाअनुसार निर्वाध प्रवेशको जानकारी दिइएको छ।
यससँगै अब कानुन व्यवसायीले नेपाल बार तथा बार काउन्सिलबाट प्राप्त परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्।
यसअघि सरकारले सिंहदरबार प्रवेशका लागि कानुन व्यवसायीलाई छुट्टै प्रवेश पास अनिवार्य गर्ने निर्णय गरेको थियो, जसका कारण गत आइतबारदेखि प्रवेशमा कडाइ गरिएको थियो।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



