रास्वपाका दुई सांसद गौरीकुमारी यादव र रामजी यादवलाई जिम्मेवारी, आजै शपथ ग्रहण

मन्त्रिपरिषद् विस्तारः उद्योग र श्रम मन्त्रालयमा नयाँ मन्त्री नियुक्त

समाचार:
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रमसँग सम्बन्धित महत्वपूर्ण मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका हुन्।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

शपथ ग्रहणपछि दुवै मन्त्रीले आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन्।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपक शाह विवादमा परेपछि पदमुक्त भएका थिए। यस्तै, उद्योग मन्त्रालय भने प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्म आफैंसँग राख्दै आएका थिए।

नयाँ नियुक्तिसँगै सरकारको कार्यसम्पादन र नीतिगत निर्णयमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
356 Shares