

एसएसपी रमेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम, करिब २५० जनाको सक्रिय सहभागिता
बूढानीलकण्ठमा नागरिक सुनुवाइ: शान्ति सुरक्षामा जनसहभागिता बढाउने जोड
काठमाडौं । शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले बूढानीलकण्ठमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रभाग बूढानीलकण्ठ, ट्राफिक प्रहरी प्रभाग बूढानीलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बूढानीलकण्ठको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा स्थानीयवासीहरूले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, चोरी–डकैती न्यूनीकरण लगायतका विषयमा आफ्ना गुनासा, सुझाव र जिज्ञासा राखेका थिए। त्यसक्रममा एसएसपी थापाले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि प्रहरी प्रतिबद्ध रहेको बताए। उनले शान्ति सुरक्षाको दिगोपनका लागि प्रहरी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरे।
कार्यक्रममा विभिन्न टोल विकास समितिका प्रतिनिधि, नागरिक समाजका अगुवा, जेष्ठ नागरिक, युवा क्लब तथा महिला समूहका सदस्यहरू गरी करिब २५० जनाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले प्रहरीप्रति विश्वास अभिवृद्धि हुनुका साथै समुदायस्तरमा सुरक्षा सचेतना बढाउन सहयोग पुगेको धारणा व्यक्त गरेका थिए।
स्थानीय तहमा प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने उद्देश्यले यस्ता नागरिक सुनुवाइ कार्यक्रमहरूलाई निरन्तरता दिने आयोजकले जनाएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



