

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलर १४८.९९ रुपैयाँसम्म
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ । साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक हुन सक्ने जनाउँदै अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ ।
समाज
थप सामाग्री-
एसएसपी को उपस्थितिमा सिनामंगलमा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
-
सर्लाहीमा प्रहरी सक्रियता बढ्दो : एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ
-
आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
-
ललितपुरमा आज रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा औपचारिक रूपमा सुरु
-
आज वैशाख ०५ गते शनिबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
१३ घण्टा अगाडि
2.6kViews 260 Shares Share on Facebook Share on Twitter सडक अनुशासन केवल सर्वसाधारणका लागि मात्र होइन, कानुन कार्यान्वयन गर्ने निकायका…



