

रिच किड सिन्ड्रोम आतङ्क सुरु भयो : पूर्ण बस्नेत
1.7kViews
434
Shares
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली राजनीतिमा नेपो किडपछि रिच किड सिन्ड्रोम आतङ्क सुरु भएको बताएका छन् । बस्नेतले राजनीतिक तथा प्रभावशाली परिवारका सन्तानहरुको विलासी जीवनशैलीले आतङ्कित पारेको नेपाली समाजलाई अहिले रिच किड सिन्ड्रोमले सताउन लागेको टिप्पणी गरेका छन् ।
रिच किड सिन्ड्रोम भनेकै धनी परिवारमा जन्मिएको कारणले आफूलाई ठालू ठान्ने र अरुलाई घमण्ड देखाउनु भएको बस्नेतको टिप्पणी छ । अहिलेको सरकारले रिच किड सिन्ड्रोमको प्रतिनिधित्व गर्ने बस्नेतको भनाइ छ ।
उनले भने, ‘रिच किड सिन्ड्रोमले नियम मान्दैन, जस्तो कि वर्तमान सरकार । नागरिकलाई हिरासतमा लिन समेत उसलाई कुनै कानुनी प्रक्रिया पुरा गर्नुपर्दैन । आफूले भने विशेष खालको ट्रिटमेन्ट खोज्ने गर्दछ ।’
‘पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले जनताको ढाड सेकिएको बेला जनतालाई राहत बाँड्नपर्ने सरकार मन्त्रीलाई आइफोन बाँडेर बसेको छ, यस हदसम्मको इमोस्नल डिस्कनेक्सन भनेकै रिच किड सिन्ड्रोम हो,’ उनले भने ।
Facebook Comments Box
समाज
थप सामाग्री-
एसएसपी को उपस्थितिमा सिनामंगलमा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
-
सर्लाहीमा प्रहरी सक्रियता बढ्दो : एक महिनामा १३२ अपराध दर्ता, ९६ पक्राउ
-
आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न
-
ललितपुरमा आज रातो मच्छिन्द्रनाथको रथारोहण, ऐतिहासिक जात्रा औपचारिक रूपमा सुरु
-
आज वैशाख ०५ गते शनिबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
१३ घण्टा अगाडि
2.7kViews 260 Shares Share on Facebook Share on Twitter सडक अनुशासन केवल सर्वसाधारणका लागि मात्र होइन, कानुन कार्यान्वयन गर्ने निकायका…



