

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार, संगठन सुदृढीकरणमा केन्द्रित
काठमाडौं । (रास्वपा) ले संगठन सुदृढीकरण र आगामी महाधिवेशन लक्षित तयारीलाई तीव्रता दिँदै केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीका प्रवक्ताका अनुसार, सोमबार (७ वैशाख) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठकका औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि यसलाई संगठनात्मक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
यसअघि आइतबार सचिवालय बैठक बस्दैछ, जहाँ संगठनसँग सम्बन्धित विभिन्न विषयमा प्रारम्भिक छलफल गरिनेछ। स्रोतका अनुसार, सचिवालय बैठकले केन्द्रीय समितिमा पेश गरिने एजेन्डालाई अन्तिम रूप दिनेछ।
केन्द्रीय समिति बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ पारित गर्ने, साथै महाधिवेशन कार्यविधिको मस्यौदा तयार पार्न समिति गठन गर्ने प्रमुख कार्यसूची तय गरिएको छ। यसले पार्टीको आगामी संरचनात्मक र नीतिगत मार्गचित्र स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा सदस्य मनोनयन गर्ने विषयमा पनि निर्णय हुने तयारी छ।
रास्वपाले पछिल्लो समय संगठन विस्तार र आन्तरिक संरचना मजबुत बनाउने अभियानलाई तीव्र बनाइरहेको सन्दर्भमा यो बैठकलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
समाज
थप सामाग्री-
पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा: देवताको रक्षार्थ खुसीयालीको पर्व
-
यस्तो रहनेछ आजको मौसम
-
गृहमन्त्री गुरुङमाथि छानबिन माग्दै जेनजी मुभमेन्टको दबाब: पदबाट हटाउन सरकारसँग आग्रह
-
काठमाडौँमा सम्बन्धविच्छेदका मुद्दा बढ्दो: आधुनिकता, वैदेशिक रोजगारी र पारिवारिक तनाव मुख्य कारण
-
आज वैशाख ०७ गते सोमबार,यस्तो छ तपाईको राशिफल
कानुनभन्दा माथि कोही छैन
१४ घण्टा अगाडि
1.4kViews 461 Shares Share on Facebook Share on Twitter चैत २९ गते राति सार्वजनिक गरिएको गृहमन्त्रीको सम्पत्ति विवरणले नेपालको कानुनी…



