सुनचाँदीको मूल्य घट्यो: लगानीकर्तालाई राहत, बजारमा चहलपहल बढ्ने संकेत

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ, जसले उपभोक्ता र लगानीकर्तालाई केही राहत दिएको छ। का अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलामा ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो मूल्यपछि आएको यो गिरावटले बजारमा नयाँ खरिदकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी ५ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, डलरको भाउमा परिवर्तन र माग–आपूर्तिको सन्तुलनले सुनचाँदीको मूल्यमा प्रभाव पार्ने गर्दछ। मूल्य घटेसँगै आगामी दिनमा बजारमा किनबेच बढ्ने संकेत देखिएको छ।

Facebook Comments Box
प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार
११ घण्टा अगाडि

2.0kViews 119 Shares Share on Facebook Share on Twitter काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्‍याप ब्याटलमा प्रयोग भएका असंवेदनशील…

TOP
174 Shares