

३० वर्षे सेवापछि अवकाशः ट्राफिक एसएसपी नवराज अधिकारीद्वारा भावपूर्ण बिदाई
काठमाडौँ । एसएसपी नवराज अधिकारीको प्रमुख आतिथ्यतामा अनिवार्य अवकाशमा जान लागेका दुई प्रहरी नायव निरीक्षकलाई सम्मानसहित बिदाई गरिएको छ।
काठमाण्डौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा इलाका प्रहरी कार्यालय फुलखर्क, धादिङ दरबन्दी भई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकद्वय गोपाला प्रधान र जीवन बस्नेतले नेपाल प्रहरीमा ३० वर्ष लामो सेवा अवधि पूरा गरी अनिवार्य अवकाश पाउन लागेका हुन्।
उनीहरूको दीर्घ सेवाको कदर गर्दै आयोजित विशेष कार्यक्रममा मायाको चिनो तथा कदर–पत्र प्रदान गरी औपचारिक बिदाई गरिएको थियो। कार्यक्रममा बोल्दै एसएसपी अधिकारीले राष्ट्र र संगठनप्रति उनीहरूले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै भविष्यको जीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।
उक्त समारोहमा सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम भावनात्मक वातावरणमा सम्पन्न भएको बताइएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



