रातो मच्छिन्द्रनाथ जात्रा सुरु, वर्षा र समृद्धिको कामना

काठमाडौं । उपत्यकाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्व रातो मच्छिन्द्रनाथ जात्रा आजबाट ललितपुरको पाटनस्थित पुल्चोकबाट सुरु भएको छ। करिब दुई महिना लामो यो जात्रामा सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ नगर परिक्रमा गराइन्छ।

करिब १६ सय वर्ष पुरानो मानिने यस परम्परागत जात्राले वर्षा, समृद्धि र सांस्कृतिक एकताको सन्देश दिने विश्वास रहिआएको छ। प्रत्येक वर्ष धुमधामका साथ मनाइने यो जात्रामा स्थानीयवासीसहित देश–विदेशबाट आएका भक्तजनको ठूलो सहभागिता रहने गर्दछ।

यस अवसरमा प्रधानमन्त्री बालेन शाहले जात्राको शुभकामना व्यक्त गर्दै समयमै वर्षा भई देशमा सुख, समृद्धि र शान्ति कायम होस् भन्ने कामना गरेका छन्। उनले यो प्राचीन परम्पराले नेपाली समाजको सांस्कृतिक एकता र धार्मिक सहिष्णुतालाई बलियो बनाउने उल्लेख गरेका छन्।

रथयात्रा पुल्चोकबाट सुरु भई विभिन्न स्थान हुँदै जावलाखेलसम्म पुर्‍याइनेछ, जहाँ भोटो देखाउने कार्यक्रमसहित जात्राको समापन गरिन्छ।

Facebook Comments Box
TOP
443 Shares