

गृहमन्त्री सुधन गुरुङ को राजीनामापछि प्रधानमन्त्री बालेन्द्र शाह द्वारा सुरक्षा प्रमुखहरूसँग आकस्मिक छलफल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामापछि मुलुकको सुरक्षा र प्रशासनिक संयन्त्रबारे उच्चस्तरीय चासो बढेको छ। यसैक्रममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग आकस्मिक छलफल गरेका छन्।
राजीनामापछि उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग का प्रमुखहरूलाई तत्काल बोलाएका हुन्।
स्रोतका अनुसार छलफलमा देशको समग्र सुरक्षा अवस्था, प्रशासनिक समन्वय र आगामी रणनीतिबारे गहन विचार–विमर्श भइरहेको छ। गृहमन्त्री पद रिक्त भएपछि सुरक्षा संयन्त्रको नेतृत्व, निर्णय प्रक्रियामा पर्ने प्रभाव र सम्भावित जोखिमबारे सरकार गम्भीर देखिएको छ।
यसअघि राजीनामा दिनुअघि नै गृहमन्त्री गुरुङले दानबहादुर कार्की सँग भेट गरेका थिए। उक्त भेटको विस्तृत विवरण सार्वजनिक नभए पनि त्यसयता सुरक्षा निकायभित्र चासो र सरगर्मी बढेको बुझिएको छ।
गुरुङको राजीनामालगत्तै प्रधानमन्त्री बालेनद्वारा सुरक्षा प्रमुखहरूलाई आकस्मिक रूपमा छलफलका लागि बोलाइनु वर्तमान राजनीतिक तथा प्रशासनिक अवस्थाको संवेदनशीलतालाई संकेत गर्ने घटनाका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा भर्चुअल सम्मेलनमार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन
-
आज वैशाख १० गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
डिआईजी ओम अधिकारीद्वारा महाराजगञ्जस्थित सुरक्षा निकायहरूको निरीक्षण, उच्च सतर्कतामा रहन निर्देशन
-
हिरासत मृत्यु प्रकरणमा भ्रामक समाचार नफैलाउन प्रहरीको आग्रह, छानबिन समिति सक्रिय
-
३० वर्षे सेवापछि अवकाशः ट्राफिक एसएसपी नवराज अधिकारीद्वारा भावपूर्ण बिदाई
सडकमा ट्राफिक अनुशासन कडाइ गर्न एसएसपी अधिकारीको निर्देशन
१७ घण्टा अगाडि
2.2kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरी वरिष्ठ…



