

डिआईजी ओम अधिकारीद्वारा महाराजगञ्जस्थित सुरक्षा निकायहरूको निरीक्षण, उच्च सतर्कतामा रहन निर्देशन
काठमाडौं। काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओम अधिकारीले आज महाराजगञ्जस्थित उपत्यका सशस्त्र प्रहरी गण नं. २ र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन्।
निरीक्षणका क्रममा डिआईजी अधिकारीले सुरक्षा निकायको तयारी अवस्था, स्रोत–साधनको उपयोग, तालिम तथा परिचालन प्रणालीबारे जानकारी लिएका थिए। त्यसपछि आयोजित निर्देशन कार्यक्रममा उनले सम्बोधन गर्दै विगतका विषम परिस्थितिमा उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जले गरेको उद्धार तथा सुरक्षात्मक कार्यको प्रशंसा गरे।
उनले काठमाण्डौ उपत्यका जस्तो अति संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न, विशेष समारोह तथा राजनीतिक कार्यक्रमहरूलाई सुरक्षित रूपमा सम्पन्न गराउन र विपद्का हरेक घडीमा तत्काल परिचालन हुनुपर्ने भएकाले सधैं ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन निर्देशन दिए।
डिआईजी अधिकारीले व्यावसायिकता, अनुशासन र समन्वयलाई उच्च प्राथमिकतामा राख्दै नागरिकमैत्री सेवा प्रवाह गर्न पनि जोड दिएका थिए।
कार्यक्रममा सम्बन्धित गण तथा शिक्षालयका प्रमुखहरू, सिनियर तथा जुनियर अधिकृतहरू लगायत सुरक्षा निकायका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



