

पाल्पाकी गीता पाण्डे मृत्यु प्रकरण : बुटवलका दुई चिकित्सक नियन्त्रणमा, पाँचजनाविरुद्ध अनुसन्धान तीव्र
बुटवल । पाल्पाको बग्नासकाली गाउँपालिका–२ की गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ‘खत्री नर्सिङ होम’का सञ्चालक डा. डीबी खत्री र ‘इन्दुलेखा स्वास्थ्य क्लिनिक’का चिकित्सक डा. सतिष रुपाखेतीलाई नियन्त्रणमा लिइएको हो। घटनापछि सोधपुछका लागि बोलाउँदा उनीहरू आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उपस्थित भएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी जनाएको छ।
कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार मृतकका श्रीमान् प्रकाश पाण्डेले यी दुई चिकित्सकसहित पाँचजनाविरुद्ध किटानी जाहेरी दिएका छन्। सोही आधारमा प्रहरीले यसअघि नै जोनल फार्मेसी तथा क्लिनिकका सञ्चालक सन्ध्या बस्नेत, निलम घर्ती र इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरिसकेको छ।
पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा थप संलग्नता देखिए अन्य व्यक्तिलाई पनि कानुनी दायरामा ल्याइने डीएसपी श्रीवास्तवले बताएका छन्।
यता, मृतकका परिवारजनले उपचारसम्बन्धी महत्वपूर्ण कागजात फार्मेसीले लुकाएको आरोप लगाएका छन्। प्रमाण नष्ट हुनसक्ने आशङ्का व्यक्त गर्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
घटनापछि आक्रोशित आफन्त र स्थानीयले सम्बन्धित क्लिनिक घेराउ गर्दै तालाबन्दीसमेत गरेका थिए।
परिवारका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ५ गते गीतालाई उपचारका लागि बुटवल लगिएको थियो। सुरुमा खत्री नर्सिङ होममा उपचार गरिँदा औषधिमार्फत गर्भपतन गराउने प्रयास असफल भएको थियो। त्यसपछि उनलाई जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक लगिएको थियो।
त्यहाँ पनि औषधि प्रयोग गरिएपछि स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि अन्ततः लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको परिवारले जनाएको छ।
यस घटनाले निजी स्वास्थ्य संस्थाहरूको सेवा, निगरानी र उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीले भने घटनाको सबै पाटा केलाएर सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ।
समाज
थप सामाग्री-
प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा भर्चुअल सम्मेलनमार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन
-
आज वैशाख १० गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
डिआईजी ओम अधिकारीद्वारा महाराजगञ्जस्थित सुरक्षा निकायहरूको निरीक्षण, उच्च सतर्कतामा रहन निर्देशन
-
हिरासत मृत्यु प्रकरणमा भ्रामक समाचार नफैलाउन प्रहरीको आग्रह, छानबिन समिति सक्रिय
-
३० वर्षे सेवापछि अवकाशः ट्राफिक एसएसपी नवराज अधिकारीद्वारा भावपूर्ण बिदाई
सडकमा ट्राफिक अनुशासन कडाइ गर्न एसएसपी अधिकारीको निर्देशन
१७ घण्टा अगाडि
2.2kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरी वरिष्ठ…



