

२०औँ लोकतन्त्र दिवस: जनआन्दोलनको जित, गणतन्त्रको आधार
काठमाडौँ । जनआन्दोलन २०६२/६३ को ऐतिहासिक सफलताको सम्झनामा आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। नागरिक अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको पुनःस्थापनाको प्रतीकका रूपमा यो दिवस विशेष महत्वका साथ मनाउने गरिन्छ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतिक दलहरूको मार्गचित्रअनुसार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्ने घोषणा गरेपछि जनआन्दोलनले निर्णायक विजय हासिल गरेको थियो। यही ऐतिहासिक दिनको स्मरणमा विसं २०६४ देखि प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइँदै आएको छ।
नेपालको राजनीतिक इतिहासमा विसं २०५९ जेठ ८ गते संसद् विघटनपछि सुरु भएको अस्थिरता, राजाको प्रत्यक्ष शासन र सरकार परिवर्तनको श्रृंखला अन्ततः जनआन्दोलनको दबाबमा वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द ,सुर्य बहादुर थापा र शेरबहादुर देउवालाई पालैपालो प्रधानमन्त्री नियुक्त गर्दै हटाएका थिए भने २०६१ माघ १९ मा शासन सत्ता पूर्ण रूपमा आफ्नै हातमा लिएका थिए।
राजाको उक्त कदमपछि सात दल र तत्कालीन नेकपा (माओवादी) बीच २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीले आन्दोलनलाई नयाँ दिशा दियो।गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा सुरु भएको आन्दोलन देशव्यापी बन्दै गयो। २०६३ सालको सुरुवातसँगै लाखौँ नागरिक सडकमा उत्रिएर चक्रपथ क्षेत्र मानव सागरमा परिणत भएपछि राजतन्त्र दबाबमा आयो।
अन्ततः वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा भएसँगै जनताको आन्दोलनले ऐतिहासिक जित हासिल गर्यो। यस दिनलाई नेपालमा गणतन्त्र स्थापनाको बलियो आधारशिला मानिन्छ।
संसद् पुनर्स्थापनापछि २०६३ जेठ ४ गते बसेको प्रतिनिधिसभा बैठकले राजदरबारका अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो। उक्त ऐतिहासिक घोषणालाई ‘नेपाली म्याग्नाकार्टा’का रूपमा समेत लिने गरिन्छ।
यसै प्रक्रियाको निरन्तरतामा २०६४ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो भने २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो।
त्यसपछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भएसँगै नेपालमा सङ्घीयता कार्यान्वयनमा आएको छ। लोकतन्त्र दिवसले जनआन्दोलनको बल, नागरिक एकता र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतालाई पुनःस्मरण गराउने अवसर प्रदान गर्दछ।
समाज
थप सामाग्री-
आज वैशाख ११ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
बासले गर्यो मालपोतमा नागरिक गुनासो संकलनमिति २०८३
-
१४ करोडको आवास रित्तै, थापाथलीमा अल्टिमेटम : विकल्प हुँदाहुँदै सुकुमबासी किन सर्न मानेनन्?
-
सुकुमबासी बस्ती हटाउने तयारीविरुद्ध नागरिक आन्दोलनको चेतावनी, “बल प्रयोग नगर्नू”
-
सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती : आईजीपी कार्की
एसएसपी राठौरद्वारा डिल्लीबजार कारागार निरीक्षण: मानव अधिकार र सुरक्षा व्यवस्थामा जोड
१९ घण्टा अगाडि
1.8kViews 369 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



