

एसएसपी राठौरद्वारा डिल्लीबजार कारागार निरीक्षण: मानव अधिकार र सुरक्षा व्यवस्थामा जोड
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले आज डिल्लीबजार कारागारसहित विभिन्न प्रहरी इकाइहरूको स्थलगत निरीक्षण गर्नुभएको छ।
एसएसपी राठौरले नेपाल प्रहरी अनाश्रीत गुल्म, जगन्नाथदेवल र डिल्लीबजार कारागारको निरीक्षण गर्दै त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा उहाँले कारागारको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था तथा कैदीबन्दीहरूको अवस्थाबारे सूक्ष्म रूपमा जानकारी लिनुभएको थियो।
उहाँले विशेषगरी कैदीबन्दीहरूको मानव अधिकारको सम्मान गर्दै सुरक्षित र व्यवस्थित वातावरण कायम गर्न निर्देशन दिनुभयो। साथै, कारागारभित्रको अनुशासन, सरसफाइ तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जोड दिनुभएको थियो।
एसएसपी राठौरले सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन सतर्क रहन आग्रह गर्दै व्यावसायिकता, जिम्मेवारी र संवेदनशीलताका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।
निरीक्षणपछि कारागार व्यवस्थापनलाई समयानुकूल सुधार र प्रभावकारी सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



