

१४ करोडको आवास रित्तै, थापाथलीमा अल्टिमेटम : विकल्प हुँदाहुँदै सुकुमबासी किन सर्न मानेनन्?
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने तयारी तीव्र बनाएको छ।काठमाडौं महानगरपालिकाले महानगर निकायलाई आइतबारसम्मको समयसीमा दिँदै बस्ती हटाउने अन्तिम तयारी थालेका छन्।
यसै सन्दर्भमा एउटा महत्वपूर्ण प्रश्न पुनः उठेको छ—राज्यले दशकअघि नै उपलब्ध गराएको विकल्प हुँदाहुँदै सुकुमबासीहरू किन त्यहाँ सर्न मानेनन्?
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा २०७० सालतिर सुकुमबासी व्यवस्थापनका लागि ललितपुरको इचंगुनारायण क्षेत्रमा करिब १४ करोड रुपैयाँ लागतमा २३३ परिवार अट्ने अपार्टमेन्ट निर्माण गरिएको थियो। उक्त भवन २०७३ सालमै निर्माण सम्पन्न भए पनि सुकुमबासीहरूले ‘पायक नपर्ने’ कारण देखाउँदै त्यहाँ बस्न अस्वीकार गरेपछि ती आवासहरू झण्डै एक दशकदेखि प्रयोगविहीन अवस्थामा रहेका छन्।
एकातर्फ बस्ती हटाउन राज्यले विकल्प नदिएको आरोप लागिरहँदा अर्कोतर्फ राज्यकै लगानीमा निर्माण गरिएको आवास खाली रहनुले नीतिगत कमजोरी तथा कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
सुकुमबासीहरूको भनाइ अनुसार इचंगुनारायण क्षेत्र रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा दैनिक जीवनयापनका आवश्यक आधारभूत सेवाबाट टाढा पर्छ। शहरकेन्द्रमा आधारित जीविकोपार्जन गर्ने समुदायका लागि त्यहाँ बसाइँ सर्नु व्यवहारिक नहुने उनीहरूको तर्क छ।
यता महानगरपालिकाले सार्वजनिक स्थल अतिक्रमण हटाउने नीति अनुरूप थापाथली क्षेत्र खाली गराउनुपर्ने अडान लिएको छ। अल्टिमेटमपछि बल प्रयोग हुन सक्ने संकेत देखिएसँगै सामाजिक, राजनीतिक तथा मानवीय बहस पुनः तीव्र बनेको छ।
यस घटनाले बस्ती व्यवस्थापन मात्र नभई राज्यको दीर्घकालीन योजना, नागरिक आवश्यकता र कार्यान्वयनबीचको दूरीसम्बन्धी गम्भीर प्रश्नसमेत उठाएको छ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



