जनतामा नयाँ नेतृत्व र शैलीप्रति अपेक्षा बढेको छ : राजेन्द्र लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नयाँ नेतृत्व र नयाँ राजनीतिक शैलीको खोजी गरिरहेको बताएका छन्।

चितवनमा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको भनाइसँग सहमति जनाउँदै जनताले ठूलो अपेक्षासहित मतदान गरेको उल्लेख गरे।

लिङ्देनले पछिल्लो निर्वाचन परिणामले नागरिकले वैकल्पिक राजनीतिक शक्तिलाई अवसर दिएको संकेत गरेको भन्दै ती अपेक्षाहरू पूरा गर्नु आवश्यक रहेको बताए। उनले राजनीतिक दलहरूले जनविश्वास कायम गर्न नसके वैकल्पिक शक्तिको उदय अझ बलियो हुने चेतावनी पनि दिए।

उनका अनुसार नागरिकमा पुराना दलप्रति निराशा बढ्दै गएको र त्यसकै परिणामस्वरूप नयाँ नेतृत्व र शैलीप्रति आकर्षण बढिरहेको छ। उनले जनअपेक्षाअनुसार काम गर्न नसके राजनीतिक प्रतिस्पर्धामा नयाँ शक्तिहरू थप प्रभावशाली हुने धारणा व्यक्त गरे।

Facebook Comments Box
TOP
204 Shares