
बागमतीको साक्षरता दर ८२.१ प्रतिशत, आर्थिक वृद्धिदर पनि राष्ट्रिय औसतभन्दा माथि हुने अनुमान

ललितपुर — बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ। राष्ट्रिय साक्षरता दर ७६.२ प्रतिशत रहेको अवस्थामा बागमती प्रदेशको दर त्यसको तुलनामा उच्च देखिएको हो।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ भने बागमती प्रदेशको वृद्धिदर ५.४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएकोमा त्यसमा बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत अर्थात् करिब २४ खर्ब २३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ।
त्यस्तै, नेपालको प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर रहने अनुमान हुँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ, जुन प्रदेशहरूमध्ये सबैभन्दा बढी हो।
सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट विवरणअनुसार नेपालमा निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत रहेको अवस्थामा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७ प्रतिशत रहेको उल्लेख गरिएको छ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





