
लुम्बिनी प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु

ललितपुर — लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल आजदेखि सुरु हुने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको दशौँ बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रदेशसभा सदस्यहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्कीले दिने कार्यक्रम रहेको छ।
त्यसैगरी बैठकमा मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने तथा विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समेत प्रदेशसभामा पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





