

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, मेसिन र संरचनाको अध्ययन सुरु
हेटौंडा — लामो समयदेखि बन्द रहेको ऐतिहासिक हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी अघि बढेको छ। २०३२ सालमा स्थापना भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको थियो।
उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न सरकारी निकायहरूले स्थलगत निरीक्षण र व्यवस्थापनसम्बन्धी कामलाई तीव्र बनाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडाका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योगभित्र रहेका अधिकांश मेसिन तथा संरचना सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा छन्।
सरकारले चालु वर्षदेखि नै उद्योग सञ्चालन गर्ने योजना अघि सारेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले प्रतिनिधिसभामा समेत हेटौंडा कपडा उद्योगलाई प्राथमिकताका साथ पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पहलमा उद्योग परिसरको अवस्थाबारे स्थलगत निरीक्षणसमेत गरिएको छ। निरीक्षण टोलीमा स्थानीय तहका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत अधिकारीहरू सहभागी भएका थिए।
लामो समयदेखि बन्द रहेको उद्योग परिसरमा सशस्त्र प्रहरीको गण रहँदै आएको थियो। हाल सुरक्षा निकायहरूको समन्वयमा सरसफाइ तथा व्यवस्थापनका कामहरू अघि बढाइएको छ।
सरकारले हेटौंडा कपडा उद्योगसँगै बुटवलको धागो कारखाना र बाँकेको कपास उद्योगलाई पनि पुनः सञ्चालन गर्ने योजना बनाएको छ। यी उद्योगहरू सञ्चालनमा आए पुराना औद्योगिक संरचनालाई पुनर्जीवन दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





