

आईजीपी दानबहादुर कार्कीको पहल सफल : प्रहरी एकेडेमीको ११४ रोपनी जग्गा पुनः फिर्ता
काठमाडौं :
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विशेष पहल र निरन्तर प्रयासपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको गुम्न लागेको जग्गा पुनः फिर्ता हुने भएको छ।
मन्त्रिपरिषद्ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रहरीकै नाममा कायम रहने निर्णय गरेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको निर्णय उल्टाउँदै उक्त जग्गा प्रतिष्ठानकै स्वामित्वमा रहने स्पष्ट पारेको छ।
आईजीपी कार्कीको सक्रिय पहल, निरन्तर समन्वय र उच्चस्तरीय प्रयासपछि सरकारले आफ्नो निर्णय पुनरावलोकन गरेको हो। यसलाई प्रहरी संगठनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
उक्त निर्णयले प्रहरी प्रशिक्षण पूर्वाधारको संरक्षण, संस्थागत सुदृढीकरण तथा दीर्घकालीन व्यावसायिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। साथै, भविष्यमा प्रहरी जनशक्ति उत्पादन र दक्षता अभिवृद्धिमा समेत यसले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णयसँगै प्रहरी संगठनभित्र उत्साह थपिएको छ भने प्रशिक्षण प्रतिष्ठानको दीर्घकालीन योजना कार्यान्वयनमा पनि सहजता आउने देखिएको छ।
समाज
थप सामाग्री-
आज वैशाख ११ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
बासले गर्यो मालपोतमा नागरिक गुनासो संकलनमिति २०८३
-
१४ करोडको आवास रित्तै, थापाथलीमा अल्टिमेटम : विकल्प हुँदाहुँदै सुकुमबासी किन सर्न मानेनन्?
-
सुकुमबासी बस्ती हटाउने तयारीविरुद्ध नागरिक आन्दोलनको चेतावनी, “बल प्रयोग नगर्नू”
-
सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती : आईजीपी कार्की
एसएसपी राठौरद्वारा डिल्लीबजार कारागार निरीक्षण: मानव अधिकार र सुरक्षा व्यवस्थामा जोड
१९ घण्टा अगाडि
1.8kViews 369 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



