

पेटबाट निकालियो ५.५ इन्च लामो स्टिलको गिलास
पेट दुखाई निकै सामान्य समस्या हो । कहिलेकाँही गलत खानपिनका कारण पेट दुख्छ । कतिले पेट दुख्दा औषधी खान्छन् भने धेरै नै समस्या भएपछि अस्पताल जान्छन् । हालै भारतमा एउटा घटना सार्वजनिक भएको छ । एक युवक पेट दुखेको समस्या लिएर डाक्टरलाई भेट्न गएका थिए, डाक्टर उनको रिपोर्ट हेरेर चकित भए । डाक्टरले उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा एउटा स्टीलको गिलास फसेको भेटे । के हो घटना ?रिपोर्टका अनुसार यो घटना भारतको बिहारस्थित बेतियाको हो । २२ वर्षका एक युवकलाई केही दिन अघि असाध्यै पेट दुख्यो र मलद्वारबाट रगत बग्न थाल्यो । घटनाको गम्भीरता हेर्दै उनलाई तुरुन्त पटना मेडिकल कलेज अस्पताल लगियो । परीक्षण गर्दा उनको पेटमा १४ सेन्टिमिटर लामो गिलास फसेको डाक्टरलाई थाहा भयो । त्यो शरीर भित्र फसेको थियो त्यसैले उनको मलद्वारबाट रगत बग्न थालेकोथियो ।
साढे दुई घण्टा चल्यो शल्यक्रिया
शल्यक्रियालाई नेतृत्व गर्ने डा. चन्द्र शेखर कुमारले दिएको जानकारी अनुसार यो शल्यक्रियालाई ११ डाक्टरको समूहले गरेको र सफलतापूर्वक स्टिलको गिलासलाई शरीर बाहिर निकालियो । यी युवकको शरीरबाट गिलास निकाल्नका लागि कोलोस्टमी गरियो । यो एउटा यस्तो शल्यक्रिया हो जसमा आन्द्रामा एउटा प्वाल पारिन्छ र एउटा ब्याग फिट गरिन्छ । यसो गरे घाउ छिटो निको हुन्छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उनलाई केही दिन पछि डिस्चार्ज गरिनेछ र जनवरीमा उनको कोलोस्टोमीलाई निकालिनेछ । डाक्टरले दाबी गरे अनुसार ती युवक नशामा भएका बेला उनको शरीरभित्र यो स्टिलको गिलास पसेको हुनुपर्छ । उनलाई घटना कसरी भयो केही थाहा छैन ।एजेन्सी
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



