

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’
राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । “उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उनले भने, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।
” यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यसक्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । राष्ट्रपति भण्डारीको उपचारमा डा. नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।रासस
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



