धादिङको गजुरीमा इभी माइक्रोबस दुर्घटना, ११ जना घाइते

 

धादिङ — गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सक्रियतामा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। घाइते सबैलाई नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ र उनीहरूको उपचार जारी छ।

दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
372 Shares