प्यूठानमा चट्याङ लागेर बाबु–छोराको मृत्यु

प्यूठान । प्यूठानमा चट्याङ लागेर घाइते भएका बाबु–छोराको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्लाको गौमुखी गाउँपालिका–६ निवासी केदार बोहोरा र उनका छोरा रेमे बोहोरा आइतबार परेको चट्याङबाट गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा रहेका उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो।

जिल्ला अस्पतालका अनुसार उपचारकै क्रममा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। घटना भएपछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ।

Facebook Comments Box
TOP
204 Shares