नेकपाको राष्ट्रिय महाधिवेशन मंसिर ११–१५ गते काठमाडौंमा हुने, तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी राष्ट्रिय महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनको मिति तय गर्दै त्यसअघिको संगठनात्मक तयारीका लागि विस्तृत कार्यतालिका पनि सार्वजनिक गरेको हो।

निर्णयअनुसार जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका, वडा तथा जनवर्गीय संगठनहरूको संरचनागत समायोजन सम्पन्न गरिनेछ। त्यसपछि असार र साउन महिनामा श्रम शिविर तथा सदस्यता नवीकरण कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै, भदौ १५ भित्र वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका तहका अधिवेशन र असोज मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने योजना तय गरिएको छ। कात्तिक १५ भित्र प्रदेश अधिवेशन पूरा गरेपछि अन्तिम चरणमा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।

महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र संगठनात्मक रूपमा सुदृढ बनाउने उद्देश्यसहित चरणबद्ध तयारी अघि बढाइने नेकपाले जनाएको छ।

Facebook Comments Box
TOP
269 Shares