

बर्दियामा अतिक्रमणविरुद्ध कडाइ : वन क्षेत्र खाली गर्न १५ दिने अल्टिमेटम
बर्दिया । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण रोक्न डिभिजन वन कार्यालयले कडाइ गरेको छ। कार्यालयले अतिक्रमित वन क्षेत्रमा बनाइएका घरटहरा तथा खेती गरिएको जमिन खाली गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको हो।
डिभिजन वन क्षेत्रअन्तर्गत पर्ने कोठियाघाट, माचडचोक, संगमबस्ती, खुरखुरेफाँटा, रामबस्ती तथा अमर महिला सामुदायिक वनलगायत विभिन्न स्थानमा अनधिकृत रूपमा बसोबास र खेती भइरहेको पाइएको छ। यसरी वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना र उपयोगमा ल्याइएका जमिन तत्काल खाली गर्न कार्यालयले निर्देशन दिएको छ।
डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीका अनुसार तोकिएको समयभित्र अतिक्रमित क्षेत्र खाली नगरे कडा कारबाही अघि बढाइनेछ। “सूचना बेवास्ता गरेमा वन ऐन, २०७६ अनुसार सजायका साथै अतिक्रमण हटाउँदा लागेको सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ,” उनले स्पष्ट पारे।
वन संरक्षण र जैविक विविधता जोगाउन यस्तो कदम आवश्यक भएको कार्यालयको भनाइ छ। पछिल्लो समय वन क्षेत्रमा बढ्दो मानवीय हस्तक्षेपले वातावरणीय सन्तुलनमा असर पार्न थालेपछि प्रशासनले नियन्त्रण अभियानलाई तीव्र बनाएको हो।
स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउने अभियान प्रभावकारी बनाइने डिभिजन वन कार्यालयले जनाएको छ।
समाज
थप सामाग्री-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
१ दिन अगाडि
1.6kViews 452 Shares Share on Facebook Share on Twitter चितवन । पार्टी स्थापनाको चार वर्षमै उल्लेखनीय जनसमर्थन हासिल गरेको राष्ट्रिय…



