

लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
झापा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागू औषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभएको छ।
झापामा सुरु गरिएको ‘लागू औषधविरुद्ध झापा अभियान’ को उद्घाटन गर्दै आईजीपी कार्कीले लागू औषध दुर्व्यसन नियन्त्रण नेपालका लागि गम्भीर सामाजिक चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुभयो। उहाँले लागू औषधको बढ्दो प्रयोगले युवापुस्ताको भविष्य मात्र नभई परिवार, समाज र राष्ट्रको समग्र विकासमा समेत नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै उहाँले नेपाल प्रहरीले लागू औषध नियन्त्रण र दुर्व्यसन न्यूनीकरणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। यद्यपि ती प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गर्दै अब अभियानलाई थप प्रभावकारी, परिणाममुखी र कडाइका साथ अगाडि बढाइने स्पष्ट पार्नुभयो।
आईजीपी कार्कीले लागू औषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय तह, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा सम्पूर्ण समुदायको साझा दायित्व भएको बताउनुभयो। युवाहरूलाई दुर्व्यसनको दलदलमा फस्नबाट जोगाउन अभिभावक, शिक्षक र समुदायले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
“लागू औषध नियन्त्रणका लागि प्रहरी एक्लैले सफलता हासिल गर्न सक्दैन। समाजका सबै पक्षको सहकार्य, निगरानी र जिम्मेवार सहभागिता आवश्यक छ,” उहाँले भन्नुभयो।
उहाँले लागू औषध कारोबार तथा सेवनविरुद्ध प्रहरीको निगरानी र कारबाहीलाई अझ सशक्त बनाइने जानकारी दिँदै समुदाय–प्रहरी साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अपराध नियन्त्रण तथा सामाजिक सुरक्षाको क्षेत्रमा जनसहभागितामूलक अभियान सञ्चालन गरिए मात्र दीर्घकालीन सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो।
‘लागू औषधविरुद्ध झापा अभियान’ मार्फत विद्यालय, कलेज, स्थानीय समुदाय, अभिभावक तथा सरोकारवाला निकायलाई अभियानमा सहभागी गराई लागू औषधविरुद्ध व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ। अभियानले विशेषगरी युवापुस्तामा बढ्दो दुर्व्यसन रोक्न तथा सुरक्षित र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





