उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने २ हजार ७६ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाही पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८८ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने ९३ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने ११७ जना र तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा पार्किङ गर्ने ९० जना, एकतर्फी सडक नियम उल्लंघन गर्ने ८८ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १८६ चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
186 Shares