

पूर्वमन्त्री राजेन्द्र खरेलको पशुपतिमा अन्त्येष्टि गरिने, कांग्रेस नेताहरूले श्रद्धाञ्जली दिए
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको अन्त्येष्टि आज काठमाडौँको पशुपतिस्थित आर्यघाटमा गरिने भएको छ।
उहाँको पार्थिव शरीर हाल श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। त्यहाँ पार्टीका शीर्ष नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापा ले खरेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए। सो क्रममा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा र कोषाध्यक्ष उमेश श्रेष्ठलगायत नेताहरू पनि उपस्थित थिए।
पूर्वमन्त्री खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए।
वि.सं. २००३ मा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेस राजनीतिमा लामो समय सक्रिय थिए। २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकबाट निर्वाचित भएका उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



