

विश्वकप फुटबलमा आज अर्जेन्टिना–अस्ट्रिया भिड्दै, मेसीलाई कीर्तिमानको अवसर
काठमाडौँ — फिफा विश्वकप फुटबलअन्तर्गत आज राति समूह ‘जे’ मा अर्जेन्टिना र अस्ट्रिया आमनेसामने हुँदैछन्। खेल अमेरिकाको डालासस्थित रङ्गशालामा राति पौने ११ बजे सुरु हुनेछ।
दुवै टोली पहिलो खेल जित्दै आत्मविश्वासमा छन्। अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको थियो भने अस्ट्रियाले जोर्डनमाथि ३–१ को जित निकालेको थियो।
यी दुई टोली विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि भएका मैत्रीपूर्ण खेलहरूमा सन् १९८० मा डिएगो म्याराडोनाको ह्याट्रिकसहित अर्जेन्टिनाले अस्ट्रियालाई ५–१ ले हराएको थियो भने सन् १९९० मा खेल १–१ को बराबरीमा सकिएको थियो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी ले हालसम्म विश्वकपमा १६ गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोससँग सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्। आजको खेलमा उनी उक्त कीर्तिमान तोड्ने अवसरमा छन्।
फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा अस्ट्रिया २१औँ स्थानमा छ।
यसैगरी भोलि बिहान समूह ‘आई’ अन्तर्गत फ्रान्स र इराक बीच खेल हुँदैछ। खेल फिलाडेल्फियामा हुनेछ। पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो भने इराक नर्वेसँग ४–१ ले पराजित भएको थियो।
त्यस्तै बिहान पौने ६ बजे नर्वे र सेनेगल बीच खेल हुनेछ, जुन न्युयोर्क–न्यु जर्सी रङ्गशालामा आयोजना हुनेछ।
बिहान पौने ९ बजे समूह ‘जी’ मा जोर्डन र अल्जेरिया आमनेसामने हुनेछन्। खेल सान फ्रान्सिस्को बे एरियामा हुनेछ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१० घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



