

रास्वपामा विवादित सांसदमाथि तत्काल कारबाही नहुने संकेत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र विवादमा परेका दुई सांसदमाथि तत्काल कारबाही नगर्ने संकेत दिएका छन्।
सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सांसद खगेन्द्र सुनार र विश्वराज पोखरेलसँग सम्बन्धित घटनाबारे पार्टीको अनुशासन आयोगले अध्ययन गरिरहेको जानकारी दिए। दुवै प्रकरणबारे आफूले प्रारम्भिक जानकारी सञ्चारमाध्यममार्फत पाएको उनले बताए।
हिरासतमा एक दलित युवकको मृत्यु प्रकरणमा प्रहरीमाथि आरोप लगाउँदै एसपीलाई ‘घिसार्ने’ चेतावनी दिएका सांसद सुनारको अभिव्यक्तिबारे बोल्दै लामिछानेले त्यसलाई आंशिक रूपमा बचाउ गरे। “वर्षौँदेखि उत्पीडनमा परेका समुदायको आवाज चर्को हुनु स्वाभाविक हो, त्यसलाई नकारात्मक रूपमा मात्र लिनु हुँदैन,” उनले भने, “उनीहरूको पीडा सुन्नुपर्छ।”
तर उनले सबैका लागि मर्यादा अनिवार्य हुने उल्लेख गर्दै उक्त विषयमा समीक्षा आवश्यक रहेको स्पष्ट पारे।
यता, आफ्नो निर्वाचन क्षेत्रको एक विद्यालयमा प्रधानाध्यापकलाई धम्क्याएको आरोपमा आलोचना खेपिरहेका सांसद पोखरेललाई भने पार्टीले सचेत गराइसकेको उनले बताए। घटनाको भिडियो सार्वजनिक भएपछि पोखरेलले सार्वजनिक रूपमा माफी मागिसकेको र त्यसपछि स्थिति केही सहज बनेको उनको भनाइ छ।
लामिछानेले रास्वपाका नेताहरू शासक नभई सेवक हुनुपर्नेमा जोड दिए। “जसलाई मालिक बन्न छ, त्यो रास्वपामा होइन,” उनले भने, “हामी जनताका सेवक हौँ, यही भावना सबैले बुझ्नुपर्छ।”
समाज
थप सामाग्री-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
१ दिन अगाडि
1.8kViews 440 Shares Share on Facebook Share on Twitter काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको…



